सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

कालिका । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । 

कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले बार्षिक प्रतिवेदन, सचिव लालुप्रसाद दाहादले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कविता न्यौपानेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीबेक्षण समितिका संयोजक विष्णुमणि लामिछानेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त चार प्रतिबेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा निर्वतमान अध्यक्ष शित्तलकाजी श्रेष्ठ सहित १६ जना उत्कृष्ट बचतकर्ता, १५ जना उत्कृष्ट ऋणि शेयर सदस्य, ३ जना निर्वाचन समिति, ३ जना ज्येष्ठ शेयर सदस्य, प्लस टु मा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थी, ८ वटा स्थानीय संघसंस्था,३ जना उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका उपाध्यक्ष दीपक लामिछानेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मीले आयआर्जनलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न आग्रह गरे । उनले ग्रामिण क्षेत्रका शेयर सदस्यहरुको जीवन स्तर उकास्न सकेमात्र सहकारीको उद्देश्य पुरा हुने भन्दै त्यस तर्फ ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष लामिछानेले मुनाफा आर्जनलाई तपशिलमा राखेर शेयर सदस्यको आयआर्जन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताए । २०६५ सालमा स्थापना भएको सो सहकारीको हाल ४ हजार ६११ शेयर सदस्य रहेका छन् । सो सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा ४ करोड ३५ लाख ८२ हजार ६९३ रुपैया खुद नाफा गर्न सफल भएको छ । ११ करोड २९ लाख ९८ हजार ५३० रुपैया आम्दानी गरेको सो सहकारीले ६ करोड ४९ लाख ५४ हजार ३०७ रुपैया खर्च कटाएर ४ करोड ३५ लाख ८२ हजार ६९३ रुपैया खुद नाफा गर्न सफल भएको हो ।

८४ करोड ८४ हजार २२० रुपैया कुलपूँजि र १० करोड ५२ लाख ४५ हजार ४०० शेयर पूँजि रहेको सो सहकारीको जगेडाकोषमा ८ करोड २३ लाख ९७ हजार ७७८ रुपैया रहेको छ । ५७ करोड ३६ लाख ४६ हजार ९२८ कुल बचत रहेको सो सहकारीको ७६ करोड ९९ लाख ४० हजार १६५ रुपैया कर्जा लगानी गरेको छ । सो सहकारीले कृषि, पशुपालन, सिंचाई, उद्योग तथा व्यापार, सुरक्षित सजिलोकर्जा, पूर्णकर्जा,शैक्षिक कर्जा, बैदेशिक रोजगार लगायतका शीर्षकमा ऋण लगानी गर्दै आएको छ ।

साधारण सभा उद्घाटन कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव बलराम निरौला, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रामराज पौडेल, दिग्दर्शन सहकारीका अध्यक्ष दण्डपाणि लामिछाने, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव बासुदेव शर्मा लामिछाने, सहकारी विज्ञ केशब बहादुर थापा, जुटपानी रेडक्रसका सभापति राजन रेग्मी, शेयर सदस्य इश्वर तिवारी लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया