आईतबार पनि स्थिर अवस्थामा कारोबार हुँदै सुनको मूल्य

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो । 
यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो । 

प्रतिक्रिया