टिकटकले लियो डरलाग्दो रूप,भर्खर बिहे गरेर माइत आएकी युवती वेपत्ता

काठमाण्डौ - सामाजिक सञ्जाल टिकटक केही मनोरञ्जन दिए पनि यसले समाजमा नकारात्मक असर समेत परेको प्रसस्त उदाहरण छ । 

यसै बीच टिकटक बनाउन खोज्दा तनहुँमा एक युवती वेपत्ता भएकी छन । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् । 

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएकी हुन् । 

उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् । 

प्रहरीले उनको खोजीकार्य भइरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय