काठमाण्डौ । सर्जक जीवन कँडेलको पछिल्लो तीज गीत छम छमले दर्शकको मन जित्दै उत्कृष्टको सूचिमा समेत आएको छ । गीतले सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक बनाउदै चर्चामा रहेको छ ।
माया प्रेमलाई विषय बनाइ कँडेलको गीतमा उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सोही अनुसारको सुमधुर लय समेत बनाएका छन । समग्रमा गीतको लय तथा शब्द सिर्जना निकै उत्कृष्ट रहेको छ । गीतमा लोकप्रिय गायक गणेश अधिकारी र सुनिता बुढाले आवाज दिएका छन भने शब्द तथा लय कँडेलकै रहेको छ ।
उता गीतको म्युजिक भिडियो समेत निकै मेहनत गरेर बनाइएको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा लोमश शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक तथा सर्जक कँडेलले गीतबाट दर्शक स्रोताको राम्रो प्रक्रियाले सम्पुर्ण टिम उत्साहित भएको बताउनु भयो ।