देशभर मनसुनी प्रभाव: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको छ।

हाल, कोशी प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि सफा मौसम छ। कोशी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा भारी र अत्यधिक भारी वर्षाको पनि सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। कोशी र बागमती प्रदेशका केही स्थानमा भारी र अत्यधिक भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, र भूक्षयजस्ता प्रकोपको जोखिमबाट जोगिन विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय