पुन सार्वजनिक भएको २४ घण्टा नपुग्दै पीर उत्कृष्टको दोस्रो नम्बरमा,दर्शकको माया उस्तै

काठमाण्डौ । गायक प्रकाश सपुतले दृश्य सम्पादन गरि पुन अपलोड गरेको गीत पीरले पनि राम्रो दर्शक पाइरहेको छ । 

यो समाचार तयार पार्दा सम्म गीतले ७ लाख दर्शक बनाउदैछ युट्युबको उत्कृष्ट सूचीमा दोस्रो नम्बरमा रहेको छ । गीतको केही दृश्यलाई लिएर माओवादी पार्टीका केही नेताले विरोध गरेपनि सपुतले सो गीतलाई सम्पादन गरेर शनिबार बेलुका पुन सार्वजनिक गरेका हुन । 

यस अघिको पहिलो गीत ७ दिनमा एक करोड दर्शक बनाउँदै सबैको मन जित्न सफल भएको थियो । यो गीतले पनि करोड दर्शक बनाउनेमा आफूहरू विश्वस्त रहेको निर्माण युनिटले बताएको छ । 

 

प्रतिक्रिया