दर्शक भावुक बनाउने विनोद भण्डारीको "शिरमा शिरबन्दी"

काठमाडौं - पछिल्लो समय अभिनय मार्फत सबै दर्शकको मन जित्न सफल निर्देशक साथै मोडल विनोद भण्डारी आफ्नो अभिनय कलालाई निखार्दै लगिरहेका छन्।

विशेषगरी परदेशीने नेपालीहरूले भोग्नुपर्ने पीडा र त्यस विषयमा बनेका गीतहरुमा प्राय विनोदको मनमोहक अभिनय देख्न सकिन्छ। उनी कुशल निर्देशक पनि हुन । 

तर पछिल्लो समय भने मायाप्रेममा बिछोड हुने प्रेमीको भावनालाई समेटिएको नयाँ गीत सिरमा सिरबन्दी सार्वजनिक भएको छ । गीतमा भण्डारीको कामको निकै प्रशंसा समेत भएको छ।

खेम सेन्चुरी र सुनिता बुढाले आवाज दिएको सो गीतको अडियो र भिडियो अत्यन्तै उत्कृष्ट बनेको छ। गीतलाई अनिस दवाडीले शब्द संगीत गरेका छन् भने जेरी भण्डारीले निर्देशन गरेका छन् । गीतमा विनोदलाई रिना गुरुङले अभिनयमा साथ दिएकी छन् । 

 

प्रतिक्रिया