लगातार घट्दै कोरोना संक्रमण,आज पनि निको हुने धेरै

काठमाण्डौ - लगातार ३ दिन देखि नयाँ संक्रमितको भन्दा निको हुने धेरै छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर केही कम हुँदै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ३२६ जनाको कोरोना परीक्षण भएकोमा १८०१ लाई संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जनाको मृत्यु भएको छ भने १९२४ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमित ३८ हजार ३५१ छन् । 

 

 

प्रतिक्रिया