जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” अन्तर्गत सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गर्नुभएको छ।

उहाँलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापक सदस्यहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि हिल्सलाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यको रूपमा प्रशंसा गर्नुभयो। भालेश्वर महादेव मन्दिर परिसरमा आफूले अलौकिक अनुभूति प्राप्त गरेको उहाँले बताउनुभयो।

उहाँले चन्द्रागिरिको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वातावरण र शान्त मौसमले सबैलाई आकर्षित गर्ने उल्लेख गर्नुभयो।

भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, काठमाडौं उपत्यकाको मनोरम दृश्य तथा केबलकार यात्रालाई अत्यन्तै स्मरणीय अनुभवका रूपमा वर्णन गरेको थियो।

प्रतिक्रिया