एक दर्जन जलविद्युतको लाभांश घोषणा, कसको कति ?


काठमाडौं–विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश वितरण गरिरहेका बेला जलविद्युत् कम्पनीले पनि धमाधम लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत भएका करिव एक दर्जन जलविद्युत कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८को लाभांश घोषणा गरेर वितरणको तयारी गरेका छन् । सबैभन्दा धेरी ङादी ग्रुप पावर र सबैभन्दा कम  नेपाल हाइड्रो घोषणा गरेका छन् ।


ङादी ग्रुप पावरले २० प्रतिशत बोनस सेयर र १.०५ नगद  गरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद र १० प्रतिशत बोनस गरी २० प्रतिशत लाभांश घोषणा गरेको छ। चिलिमे हाइड्रोपावरले साढे ७.५ प्रतिशत नगद र ७.५ बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको । 


अरुण कावेलीले पनि १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद रहेको छ। कालिका पावरले १५.७८ प्रतिशत लााभांश घोषणा गरेको छ। कम्पनीले दिने लाभांशमा १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद रहेको छ।


रैराङ जलविद्युत कम्पनीले १२.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। रिडी कम्पनीले पनि १२.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। अपि पावरले ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश रहेको छ। 
सानिमा माइले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। रुरु जलविद्युतले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सिनर्जी पावरले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश घोषणा गरेको छ। अरुण भ्यालीले पनि १०.५२ प्रतिशत लाभांश घोषणा गरिसकेको छ। कम्पनीले पनि १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।


त्यसैगरी, सबैभन्दा कम लाभांश घोषणा गर्ने नेपाल हाइड्रोले ७.३६ प्रतिशत दिने भएको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद गरी ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

प्रतिक्रिया