राजन कार्कीले यसरी सार्वजनिक गरे आफ्नो दिलमा बसेको मान्छे - भिडियो सहित

काठमाण्डौ । नेपाल सांगीतिक क्षेत्रमा लामो समय सम्म स्रोताको मन जित्न सफल गायक तथा सर्जक राजन कार्की र अस्मिता डल्लाकोटीको आवाज रहेको निकै सुमधुर गीत दिलमा बसेकी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । 

राजन कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई निकै कलात्मक रूपले उठाएको छ । अडियो भिडियो उत्कृष्ट रहेको गीतमा पूर्ण संयोगको संगीत संयोजन रहेको छ । गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रियाहरू आफूलाई आइरहेको गायक कार्कीले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । 

अहिलेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा विजय पुन र अस्मिता डल्लाकोटीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया