सोमबार सुनको मूल्यमा सामान्य वृद्धि , चाँदीको स्थिर

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि आएको बताएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य सामान्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । यससँगै, आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ छ ।हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो ।

जुन, आज तोलामा १०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । हिजो तोलामा १२ सय ८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया