कस्तो छ सचिन परियारको अवस्था ?

काठमाडौं - के छ हजुर भन्ने शब्द बोलेर केही समय पहिला निकै चर्चामा आएका बालक सचिन परियार अहिले गम्भीर बिरामी परी उपचार गराइरहेका छन् । 

आर्थिक अभावले भएपछि शुभचिन्तक र मिडियाहरुले आर्थिक सहयोग समेत गरिरहेका छन् । उनको अहिले आइसीयुमा उपचार भइरहेको छ भने अवस्था स्थिर रहेको छ । 

हात खुट्टा चलेको छैन भने उनी बेला बेला बेहोस भइरहेको अस्पताल स्रोतले जनाएको छ । अहिले उनको अवस्था स्थिर नै रहेको पत्रकार कमल चौलागाईले जानकारी दिनु भयो । 

पढ्न छाडेर फेरि पुरानै अवस्थामा फर्किएपछि केही समय पहिला उनलाई फेरि काठमाण्डौं ल्याएर विद्यालय भर्ना गरिएको थियो । 

प्रतिक्रिया