काठमाडौं - विगतका वर्षमा जस्तै हो वर्षको लागि पुरुषोत्तम भण्डारीको नयाँ तीज गीत "तिर्सना" पानी मोरुवा भाग ४ सार्वजनिक भएको छ ।
नेपाली समाजमा घटेको घटनालाई आधार बनाएर तयारी पारिएको विगतका गीत जस्तै यो वर्षको तीज गीतमा पनि नेपाली समाजको वास्तविक घटना समावेश गरिएको छ ।
गीतलाई धेरै दर्शकले असली गीत भएको प्रतिक्रिया दिएका छन् । गीतमा पुर्खे बा, लक्ष्मी तिवारी र रिना केसीको आवाज रहेको छ । गीतलाई पूर्खे बा कै लय तथा शब्द सिर्जना रहेको छ ।
गीतलाई पुरुषोत्तम भण्डारीको निर्देशन रहेको छ भने भण्डारी,लक्ष्मी तिवारी,सरिता धनकुटी र अजय भुसालको अभिनय रहेको छ ।