काठमाण्डौ । प्राय नेपाली समाजमा घट्ने घटनामाथि तिखो कलम चलाउने गायक तथा सर्जक गणेश अधिकारीको नयाँ गीत रुमाल बुट्टा बाला भर्खर मात्र सार्वजनिक भएको छ ।
अधिकारी गीतमा एउटा विशेषता पाइन्छ सरल र उत्कृष्ट साथै सुमधुर लय त्यसमाथि उनले विषय बस्तु समेत सबैको मन छुने चयन गर्दछन् । पछिल्लो गीतले माया प्रेममा धन सम्पत्तिले कसरी फाटो ल्याउँछ भन्ने कुरा देखाएका छन ।
गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको गीतमा आवाजमा अधिकारीलाई सुनिता बुढाले साथ दिएका छन । समग्रमा गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा रिजन बस्याल र सारिका केसीको अभिनय रहेको छ ।
योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको गीत सार्वजनिक भएपछि दर्शकबाट राम्रो प्रक्रिया आइरहेको सर्जक तथा गायक अधिकारीले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।