सालिन पोखरेलको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट "बालिकाको बलात्कार भएको छैन"

काठमाण्डौं - चितवनको शिशु निकेतनको होस्टेलमा बसेर अध्ययन गरिरहेकी बालिका सालिन पोखरेलको मृत्युको घटना अहिले सामाजिक सञ्जालदेखि सबै क्षेत्रमा चर्चाको विषय बनिरहेको छ।

परिवार स्रोतले बालिकाको बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै तीनजना विरुद्ध जाहेरी समेत दिएका छन्।

परिवारले पोस्टमार्टमको लागि चितवनमा विश्वास नलागेपछि काठमाडौँ त्रिवी अस्पतालमा ल्याएका थिए । 

पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार बालिकाको बलात्कार नभएको अस्पताल स्रोतले जनाएको छ।

 

प्रतिक्रिया