सामाजिक सञ्जालमा भाइरल बन्दै शान्ती र बसन्तको रेलिमैले छोटो समयमै दश लाख दर्शक बनायो

काठमाण्डौशान्ती श्री र बसन्त विश्वकर्माले आवाज दिएको गीत रेलिमै ले सार्वजनिक भएको छोटो समयमै दश लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । गीतको टिकटकमा लाखौ भिडियो बनाइएको छ । सामाजिक सञ्जालमा भाइरल भएसँगै गीतका दर्शक समेत बढेका छन । 

दाइजो प्रथाले गालेको हाम्रो समाजमा चेलीहरूले कसरी दुख पाइरहेका छन भन्ने गीतले उठाएको छ । गीतको अडियो र भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतको चौतर्फी प्रशंसा समेत भइरहेको छ । 

बसन्त विश्वकर्मा र शान्ती परियारको आवाजको गीतले कलाकारहरूको चर्चा निकै बढाएको छ । निकै उत्कृष्ट आवाजका कारण विश्वकर्मा र परियारको चर्चा चुलिएको छ । गीतलाई विश्‍वकर्मा आफैले शब्द सिर्जना गरेका छन भने लय भने चर्चित सर्जक प्रकाश दुतराजले गरेका छन । 

मौसम हिमालीको निर्देशन रहेको गीतमा बसन्त विश्वकर्मा,उषा उप्रेती,शिवशरण न्यौपाने लगायतको अभिनय रहेको छ । 

 

प्रतिक्रिया