काठमाडौं - जापान जस्तो निकै व्यस्त हुनु पर्ने देशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गायक तथा सर्जक दुर्गेश कार्कीको आवाज रहेको नयाँ गीत "घुम्टे मुनि कालो बादल" भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रकाश थापा काजिको शब्द तथा गायक कार्कीकै लय सिर्जना रहेको गीतमा माया प्रेमलाई विषय बनाइएको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ ।
गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै कार्कीले गीत बाट सबैले राम्रो प्रतिक्रिया दिईरहेको बताउनु भयो । कार्की सम्भावना भएको आवाज भएको गायक भित्र पर्दछन ।