पल शाह प्रकरणमा रेखा थापालाई गाली गर्ने वाइबालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं - पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । 

नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । 

यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया