गायक खुमन अधिकारी र गायिका दीपिका मगरको आवाजमा नयाँ गीत ‘पानी लोटामा’ सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द र संगीत रहेको यो गीत को अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । विगतमा जस्तै पन्तले यो पटक पनि राम्रो सिर्जना दर्शकमाझ लिएर आएका हुन ।
लोकलयमा आधारित यस गीतमा रमेश शतकले संगीत संयोजन गरेका छन्। गीतका शब्द र धुन निकै मनछुने छन्। सुन्दा जति मिठास लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक बनेको छ।
गीतको म्युजिक भिडियोमा मोडल सुधीर श्रेष्ठ र जुना गुरुङ अभिनय गरेका छन्। गीतको भिडियोको निर्देशन सिर्जन बराल ले गरेका हुन्। दुर्गा पौडेलको छायांकन रहेको भिडियो सम्पादन बिनोद बमले गरेका छन्।