नयाँ गीत मार्फत जिन्दगीलाई गम्भीर प्रश्न गर्दै युवा मोडल शिशिर पौडेल - भिडियो सहित

काठमाण्डौ । पछिल्लो समयका चर्चित मोडल शिशिर पौडेलको एक पछि अर्को चर्चित गीतहरु सार्वजनिक भइरहेका छन । यसै विच ए जिन्दगी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा युवा मोडल पौडेलले दर्दनाक अभिनय गरेका छन । गीतको अडियो र भिडियो सबै दमदार रहेको छ । मोडल पौडेलले नयाँ गीत मार्फत आँफुले निकै अपेक्षा गरेको बताउनु भयो ।
 
गीतमा शान्ती श्री परियार र मदन परियारले आवाज दिएका छन । रमेश परियारको लय तथा शब्द सिर्जना रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन । गीतलाई शिशिर पौडेल युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया