खेल्ने पक्का भएको चलचित्रबाट पल शाहलाई निकालियो

काठमाडौं । नाबालिका गायिकालाई करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाह खेल्ने फिक्स भएको चलचित्र दुई नम्बरीबाट उनलाई हटाउने निर्णय निर्माण पक्षले गरेको छ । सो चलचित्रको आगामी महिनादेखि छायाँङ्कन हुने भनिएको थियो । 


चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले पललाई चलचित्रबाट निकालिएको जानकारी दिएका छन  । गम्भीर आरोप लागेको हुँदा सफाइ पाएर आएपनि अब पुन उहाँलाई लिने सम्भावना नरहेको उहाँको भनाई छ  । 

अहिले पलको स्थानमा कसलाई राख्ने भनेर निर्माण टिमबीच छलफल भइरहेको छ । नायक अनमोल केसी, सौगात मल्ल र धिरज मगरमध्ये एकको सम्भावना रहेको नेपालीले जानकारी दिए ।


यस चलचित्रमा दयाहाङ राई र वर्षा राउतको मुख्य जोडी छ । अर्को जोडीका रुपमा पल शाह र भुटानी नायिका उगेन छोदेन छनोट भएका थिए । पललाई हटाइएपछि अब उगेनले नयाँ जोडी पाउने छिन् । चलचित्रको सुटिङ आउँदो चैतको पहिलो साताबाट हुने भएको छ ।

 

प्रतिक्रिया