रोशन गैरेको दशैं गीत सुनेर दर्शक भावुक - भिडियो सहित

 

काठमाडौं - बहुप्रतिभशाली गायक रोशन गैरेको नयाँ गीत आँसु ढीकाले भर्खर मात्र सार्वजनिक भएको छ । 

 

मुटु छुने शव,सुमधुर लय सिर्जना रहेको सो गीतमा रोशनलाई आवाजमा समीक्षा अधिकारीले साथ दिएकी छन् । विदेशमा रहेका नेपालीको पीडालाई गीतले कलात्मक रुपमा उठाएको छ । 

 

थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने रोशनको यो पटकको गीत पनि उत्कृष्टताको निरन्तरता हो । रोशनका गीतमा फरक पन र मार्मिकता पाइन्छ । 

 

उनको पछिल्लो गीत पनि सम्पूर्ण पक्षले उत्कृष्ट रहेको छ । गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने रमा थपलिया,अनुस शाह,सागर भण्डारी,रोशन गैरे लगायतका कलाकारको अभिनय रहेको छ । 

 

प्रतिक्रिया