काठमाडौं महानगरको श्रम बैंकमार्फत ९११ जनालाई रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएका छन्। मेयर बालेन शाहका अनुसार ३२९ जनालाई निजी क्षेत्र र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको छ।

मेयर शाहले भने, "काठमाडौं महानगरले तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले 'रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अघि बढाएको हो।"

यसअघि, काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् २,५५५ जना, तालिम केन्द्रहरू मार्फत १,४६७ जना, र अनलाइनमार्फत २,००० जना गरी जम्मा ६,०२२ जनाले तालिम सम्पन्न गरेका थिए।

"यसबाट श्रम बैंकमार्फत ४५५ जना दक्ष, ३८ जना अर्धदक्ष, र ४१८ जना अदक्ष गरी ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको छ," मेयर शाहले बताए।

प्रतिक्रिया