देशका अधिकांश स्थानमा वर्षा, किसानलाई राहत

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती, र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“काठमाडौं उपत्यकामा आज दिउँसो २/३ बजेसम्म वर्षा हुने र रोकिनेक्रम चलिरहनेछ,” मौसमविद् गोविन्द झा भन्छन्, “त्यसपछि भने काठमाडौंमा आज दिउँसो वर्षा हुने छैन ।” यद्यपि, लगातार वर्षा भने नहुने उनको भनाइ छ ।  

विभागका अनुसार राति देशभर आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबारसम्म वर्षा देशका विभन्न भू–भागमा वर्षा हुने मौसमविद् झाले बताए । “कम्तीमा सोमबारसम्म देशका विभिन्न भू–भागमा वर्षा हुनेछ । देभभर वर्षा नभए पनि विभिन्न प्रदेशका विभिन्न ठाउँमा पानी पर्नेछ,” उनले भने, “त्यसपछिको मौसमी प्रणाली हामी अध्ययन गरिरहेका छौँ ।” 12खरीबाट 

प्रतिक्रिया