तनहुँ - नायक पल शाह रिहा हुने सम्भावना बलियो बन्दै गएको छ ।
हिजो मात्र पीडित भनिएकी बालिकाले बयान फेरेकी थिएन भने आज उनका बुवाले समेत बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।
मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए। उनकाअनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले सो क्रममा दुई जनाको बिषयमा मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ भन्नुभयो,’ ।
आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।