हेमन्त खड्का फेरि सांगीतिक क्षेत्रमा सक्रिय,नजर लाउँदा सँगै तीज र दशैंको गीतको तयारीमा

काठमाडौं - पुराना तथा लोकप्रिय गायक हेमन्त खड्का फेरि सांगीतिक क्षेत्रमा सक्रिय हुन थालेका छन् । दुई दशक देखि गीत संगीतमा रहेका खड्का पछिल्लो समय थप सक्रिय बनेका हुन । 

दर्जनौ गीत सार्वजनिक गरिसकेका खड्काले केही समय पहिला भुरुरू उडेको मैना बोलको गीत सार्वजनिक गरेका थिए । खड्काले त्यसको एक महिना मै अर्को गीत नजर लाउँदा सार्वजनिक गरेका छन् ।

बहु प्रतिभाका धनी सर्जक तथा गायक खड्का आउँदै गरेको तीजको लागि मौलिक तीज गीत साथै दशैंको लागि प्रदेशीको दशैं भाग ४ को तयारीमा रहेका छन् । 

उनको पछिल्लो गीत नजर लाउँदामा उनलाई आवाजमा सीता केसीले साथ दिएकी छन् । गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन् । 

हेमन्त खड्का र चाहाना श्रेष्ठले अभिनय गरेको सो गीतमा सिर्जन बरालले निर्देशन गरेका छन् । गीतलाई हेमन्त खड्काको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया