माघ महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंं - सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । जुन, आज आइतबार ४०० ले बढेर कारोबार सुरु भएको हो ।

आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ ।यसैगरी, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य १ हजार २९० रुपैयाँ प्रतितोला थियो ।

प्रतिक्रिया