काठमाण्डौ । लोक दोहोरीमा इतिहास बनाउन सफल गीत सालको पातका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत फुलको चोली भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यस अघि जिम्माल बाको आँगनी जस्तो सदाबहार चर्चित गीतमा सहकार्य गरिसकेका कुशल सर्जक एकनारायण भण्डारी गीतको लय तथा शब्द सिर्जना गरेका हुन् । सामान्य भन्दा फरक धारको गीतमा विश्वकर्माको आवाज र अभिनय निकै सुहाएको छ ।
उहाँले गीतको सार्वजनिक भएपछि राम्रो प्रतिक्रियाहरू आइरहेको बताउनु भयो । गीतलाई विश्वकर्माको आफ्नै युउटुव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको छ ।
सो गीतको म्युजिक भिडियो दुर्गा पौडेलले निर्देशन गरेका छन् ।