रोशन गैरेले यो वर्षको लागि सार्वजनिक गरे रमाइलो तीज गीत "लक्ष्मी" 

काठमाण्डौ । नेपाली नारिहरुले मनाउने हरितालिका तीज आउन अझ एक महिना भन्दा धेरै बाँकी छ तर कलाकारहरूले भने तीजलाई मध्यनजर गरेर तीज विषेश गीतहरू सार्वजनिक भइरहेका छन । 

यसै बीच चर्चित युवा गायक रोशन गैरेले पनि यो वर्षको लागि तीज गीत लक्ष्मी सार्वजनिक गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ । गैरेले आफ्ना विगतका सिर्जना जस्तै यो गीतमा पनि चोटिलागहकिला शब्द कोरेका छन भने सबैले सजिलै गुनगुनाउन सक्ने लय समेत बनाएका छन । उनलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन । 

गीतको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा विमल अधिकारी र अञ्जली अधिकारीले अभिनय गरेका छन । 

 

प्रतिक्रिया