लोकप्रिय गायक पुष्कल शर्माको नयाँ गीत "श्रीमान श्रीमती" दर्शक स्रोताको रोजाइमा

काठमाडौं - संख्यात्मक रुपमा थोरै तर गुणस्तरीय सिर्जना गर्ने गायक तथा सर्जक पुष्कल शर्माको नयाँ गीत "श्रीमान श्रीमती" सार्वजनिक भएको छ । 

सामाजिक कथमाथि बनेको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ सोही कारणले गीतलाई छोटो समयमै लाखौं दर्शकले मन् पराएका छन् साथै गीत युट्युबको उत्कृष्टको सूचीमा समेत आएको छ । 

गीतलाई पुष्कल शर्माले लय तथा शब्द सिर्जना रहेको छ भने शान्तिश्री परियार र पुष्कल शर्माले गीतमा आवाज दिएका छन् । 

शर्माकै निर्देशन रहेको गीतमा शर्मा र साबी शर्माको अभिनय रहेको छ । 

 

प्रतिक्रिया