काठमाडौं। पुसको जाडोले मौसम चिसो भए पनि गीतसंगीतको बजार भने अहिले निकै तातेको छ। कलाकारहरूले लगातार नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्।
यसैबीच, भर्खरै एक आशालाग्दो गीत ‘कालि तरेर’ सार्वजनिक भएको छ। गीतमा उत्कृष्ट शब्द र सुमधुर लय संयोजन गरिएको छ। गीतमा कृष्ण केसी र शान्ती श्री परियारको मनमोहक आवाज सुन्न सकिन्छ।
राम केसीले शब्द सिर्जना गरेको यस गीतमा कृष्ण कँडेलले लय सिर्जना गरेका छन्। गीतको म्युजिक भिडियो पनि अत्यन्त मनमोहक बनाइएको छ। भिडियोमा शिशिर पौडेलले उत्कृष्ट अभिनय गरेका छन् भने उनलाई जुना विश्वकर्माले अभिनयमा साथ दिएकी छन्।
गीतको निर्देशन रामजी लामिछानेले गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले नै गरेका छन्।