एकैदिन ५ हजार बढीलाई संक्रमण पुष्टि,काठमाडौं बन्यो धेरै संक्रमित हुने जिल्ला

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

यो संख्या अघिल्लो दिनको तुलनामा १५ सयले बढी हो । हिजो १५ हजार ८१ जनाको परीक्षण हुँदा ३५ सय ५३ जनालाई पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ५६० जनाको परीक्षण हुँदा ५ हजार ८७ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएका छन् । 

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २६०७ जना रहेका छन् । काठमाडौंमा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनालाई पोजेटिभ देखिएको छ । देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन्  ।

प्रतिक्रिया