राजु परियारको आफ्नै लय शब्दमा नयाँ गीत,शान्तिले आवाजमा साथ दिँदा अभिनयमा शिशिरको जादू

काठमाडौं - नेपाली लोकदोहोरीका चर्चित बरिष्ट गायक राजु परियारको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत "वाले दियो बल्छ" भर्खर मात्र सार्वजनिक भएको छ । 

निकै सुमधुर सो गीतमा आवाजमा परियारलाई अर्की चर्चित गायिका शान्ति श्री परियारले साथ दिएकी छन् । गीतले मायामा जातीयताको विषयलाई उठाउन खोजेको छ । 

गीतको म्यूजिक भिडियो समेत निकै दमदार बनाएको छ । गीतमा लोकप्रिय मोडल शिशिर पौडेल र आयुष्मा कार्कीले साथ दिएकी छ । गीतलाई निशान बानियाँले भिडियो निर्देशन गरेका छन् । 

 

प्रतिक्रिया