काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भयो।
नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडाका नवनित धालिवालले सर्वाधिक ८७ रन बनाउँदा, परगत सिंहले ६४ रन बनाए। नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने करन केसी, ललित राजवंशी, र गुल्सन झाले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। सन्दीप लामिछानेले ४९ रन, करन केसीले २४ रन र गुल्सन झाले ३४ रनको योगदान गरे। त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेकोछ।