काठमाण्डौ । धौलागिरीमा जन्मिएका लोकप्रिय गायक हुन विष्णु खत्री । अडियो चक्का टेपमा राखेर सुन्ने बेलादेखि डिजिटल बजारसम्म गीत सङ्गीतको यात्रा तय हुँदा खत्रीले दर्जनौं यस्ता समाजका वास्तविकतालाई गीतमा उतारेका छन जसले करोडौँ नेपालीको मनमा बास बसेका छन ।
एक दशक भन्दा अघि सार्वजनिक भएको भरिया दाइ होस या किसानी दाइ खत्रीले समाजका वास्तविकतालाई गीतमा निकै कलात्मक रुपमा उठाउने गर्दछन् । किसानी दाइ बोलेको उनको चर्चित गीतमा एउटा कर्मयोगी किसानीको वास्तविक निकै उत्कृष्ट रुपमा उठाएको छ । त्यस्तै भरिया दाइ बोलको चर्चित गीतमा पनि खत्रीले एक कर्मयोगि कै कथा बोलेका छन ।
आज असार पन्ध्र । असार १५ गतेलाई मध्यनजर गर्दै थोरै मात्र गीत सार्वजनिक हुन्छन । तर खत्रीले भने प्राय यो समयमा किसानका भावना बोकेका गीत सार्वजनिक गर्ने गरेका छन । यो वर्ष मात्र सार्वजनिक भएको बर्खामासमा उनले किसानको भावनामा माया प्रेम मिसाएर अझ रोचक बनाएका छन । केही दिन अघि मात्र सार्वजनिक भएको उनको पछिल्लो गीतलाई लाखौ दर्शकले हेरेका छन भने गीत बारे राम्रो प्रक्रिया समेत दिएका छन ।
विगतदेखि अहिले सम्म कमाइको लागि भन्दा पनि आफ्नो परम्परालाई जीवित राख्नको लागि आफूले यस्ता विद्याका गीतहरू सार्वजनिक गरिरहेको खत्रीको भनाइ छ ।
आउनुहोस् खत्रीले सार्वजनिक गरेका केही चर्चित गीत हेर्नुहोस्