दुई दर्जन कलाकारले आवाज दिएको गीत 'कलधारा पानी' चर्चामा

काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्र सेलाउँदै गएको कतिपयको गुनासो छ। तर नयाँ कलाकारहरूको आगमन पनि उत्तिकै बाक्लिँदो छ। गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रियता देखाउँदै आएको ईनेपाल रोधीघरको टिमले भर्खर मात्र नयाँ गीत सार्वजनिक गरेको छ।

करिब २० जना कलाकार राखेर सार्वजनिक गरिएको सो गीत एक घण्टा लामो छ। तर हेर्न थाल्ने दर्शकहरूलाई भने गीतले निराश बनाउँदैन। गीतको शब्द, लय साथै म्युजिक भिडियोको अन्त्य सम्म दर्शकलाई एक घण्टा नै बाँधेर राख्छ।

लाइभ दोहोरी मार्फत प्रत्यक्ष दोहोरीलाई अगाडि ल्याउनलाई महत्त्वपूर्ण भूमिका खेलिरहेको इनेपाल रोधीघरले "रेलै सलल"पछाडि अर्को दोहोरी सार्वजनिक गरेको हो। जुन दोहोरी पनि छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल भएको छ। 

बालकुमार श्रेष्ठले शब्द तथा माया गुरुङको लय सिर्जना रहेको संगीतमा बद्री पंगनी, अस्मिता डल्लाकोटी,रवि कार्की, बालकुमार श्रेष्ठ,माया गुरुङ लगायतका करिब दुई दर्जन कलाकारको आवाज रहेको छ । 

गीतको म्युजिक भिडियोलाई विष्णु शर्माले अर्थपूर्ण बनाएका छन्। गीतको निर्देशन उनैले गरेका छन्। 

 

प्रतिक्रिया