काठमाडौं । पश्चिमाञ्चल क्षेत्रमा प्रचलित रत्यौली भाकालाई समेटेर तयार पारिएको नयाँ लोकगीत ‘कुश्मा पर्वत’ यतिबेला चर्चामा रहेको छ । विशेषगरी गीतमा मोडल तेजश रेग्मी र लोमश शर्माले प्रस्तुत गरेको नृत्यले दर्शकको ध्यान आकर्षित गरिरहेको छ ।
गीतमा चर्चित गायक प्रकाश पराजुली र देवी आचार्यको स्वर रहेको छ । गीतका शब्द गोविन्द पौडेलले रचना गरेका हुन् भने लय सिर्जना गायक तथा सर्जक तेजश रेग्मीले गरेका छन् । मौलिक शब्द र आकर्षक प्रस्तुतिका कारण गीत सामाजिक सञ्जालमा समेत लोकप्रिय बन्दै गएको छ ।
प्रविण थापाको निर्देशन तथा परिकल्पनामा तयार भएको गीतमा राजु सुनामको संगीत संयोजन रहेको छ । भिडियोमा तेजश रेग्मी र लोमश शर्माको सशक्त नृत्य प्रस्तुतिका साथै पुजन घिमिरे र पार्वती श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
‘कुश्मा पर्वत’ गीत तेजश रेग्मीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।