नयाँ वर्षमा दर्शकलाई विष्णु खत्रीको उपहार ‘निशी खोला’

काठमाडौँ — बहुप्रतिभाशाली तथा चर्चित गायक विष्णु खत्रीले नयाँ वर्षको सुरुवातसँगै दर्शक तथा स्रोतालाई नयाँ गीतको कोशेली दिएका छन्। उनले २०८२ सालको पहिलो गीतको रूपमा ‘निशी खोला’ सार्वजनिक गरेका हुन्।

उक्त गीतमा विष्णु खत्री र देवी घर्तीको स्वर रहेको छ। खत्रीका अघिल्ला गीतजस्तै यसपटकको सिर्जनामा पनि उत्कृष्टता झल्किएको देखिन्छ। गीतले माया–प्रेमको विषयवस्तु उठान गरेको छ। संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

उत्कृष्ट दृश्यसहित निर्माण गरिएको म्युजिक भिडियोलाई रविन शाहले निर्देशन गरेका छन् भने अभिनयमा तुलबीर थापा र एसु भट्टराईले सहभागीता जनाएका छन्।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय