को हुन राजनकी ती माया जसलाई भेटेपछि हेरिरहूँ झै लाग्छ ?  

काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक राजन कार्कीको सिर्जना रहेको नयाँ गीत मायालाई भेटेसी भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा राजनलाई आवाजमा मेलिना राईले साथ दिएकी छन । गीत सार्वजनिक भएसँगै दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 

राजन कार्कीको लय तथा शब्द सिर्जना रहेको गीतमा निकै उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना गरिएको छ । त्यस्तै गीतको म्युजिक भिडियो समेत निकै राम्रो बनेको छ । गीतमा प्रकाश सपूतनिता ढुङ्गानाको अभिनय रहेको छ । गीतलाई कुमार केसीले निर्देशन गरेका छन । 

 

प्रतिक्रिया