काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा लामो समय योगदान गरिरहेका गायक तथा सर्जकहरुले आफ्नो परिश्रमको फल पाउन थालेका छन ।
विभिन्न माध्यबाट संकलन भएको रोयल्टी सर्जकहरुलाई वितरण गरिएसँगै आँफुहरुमा उर्जा थपिएको उनीहरुको बुझाई छ । हिजो एक कार्यक्रमका बीच संगीत रोयल्टी संकलन समाजले विभिन्न सर्जक तथा कलाकारहरुलाई रोयल्टी बुझाएको हो ।
रोयल्टी बुझ्नेको नाम लिनुपर्दा कस्तुप पन्तको पनि अग्रस्थानमा आँउछ । लोक तथा आधुनीक दुर्व विधामा पन्तले खरो कलम चलाउनछन । पन्तले यो पटक एक लाख भन्दा धेरै रोयल्टी बुझेका छन । रोयल्टी बुझे पनि आफुलाई गीत संगीतले उर्जा दिएको बुझाए उनको छ ।
उनले रोयल्टी बुझैपछि सम्पुर्ण दर्शक तथा स्र्रोतालाई कृतज्ञता ब्यक्त गरेका छन ।