सुनचाँदीको मूल्य ओरालो झर्दै

काठमाडौँ - बुधबार सुनचाँदीको भाउ सस्तिएको छ । जेठ ४ गते, सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले वृद्धि भएको थियो । महासंघको तथ्यांक अनुसार सो दिन सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।अघिल्लो कारोबार दिन, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया