• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बैंक/वित्तीय ,
  • रोजगार

जागिर खाने होइन त, एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौंं - एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गदैं २ पदका लागि कर्मचारी मागेको हो ।

बैंकले वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३२ गते भित्र बैंकको बेभसाइट मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया