रिलायवल इन्स्योरेन्सको सवा अर्वको आईपीओ आउँदै, प्रिमियम मूल्य कति ?


काठमाडौं– रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले प्रिमियम मूल्यमा सवा अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न माग गर्दै यस अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।


प्रति कित्ता सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गर्ने गरेकोमा रिलायवल लाइफले प्रिमियम मूल्यमा अनुमति माग गरेको हो । बोर्डबाट अुनुमति पाएपछि आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । बोर्डले अनुमति दिए एक सय रुपैयाँमा आईपीओ किन्ने गरेका सर्वसाधारणले भने महंगो रुपैयाँ तिर्नु पर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया