काठमाण्डौ । यसै वर्ष आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्सले हकप्रदक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर दिने समेत घोषणा गरिसकेको छ ।
कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।
फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै ४ प्रतिशत बोनस सेयर पाउनेछन् र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको साधारणसभा राष्ट्रिय सभागृहमा बस्ने भएको छ । साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना संचालक नियुक्तिका लागि निर्वाचन हुनेछ ।