मर्ने सुई लाइदेउ’ गीतबाट खेम पुनलाई विन्दवासीनी म्युजिक अवार्डमा उत्कृष्ट दोहोरी भाका सम्मान

लोकप्रिय सर्जक तथा गायक खेम पुनले सिर्जना गरेको ‘मर्ने सुई लाइदेउ’ गीतको भाकाले यस वर्षको १५औँ विन्दवासीनी म्युजिक अवार्डमा उपाधि जित्न सफल भएको छ।

बिहीबार काठमाडौंमा आयोजित अवार्ड वितरण कार्यक्रममा उक्त गीतलाई उत्कृष्ट दोहोरी गीत भाका श्रेणी अन्तर्गत सम्मानित गरिएको हो।

गीतले अवार्ड जितेपछि सर्जक पुनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन्,

“१५औँ विन्दवासीनी म्युजिक अवार्ड तथा स्रष्टा सम्मानको अवसरमा लोकदोहोरी विधा (भाका) तर्फ मलाई सफलता मिलेको छ।
यसअघि साथीभाइहरूले फारम भरिदिएर एक-दुई अवार्ड प्राप्त गरेको थिएँ।
तर, विन्दवासीनी अवार्ड गर्विलो भएकाले यसपटक मैले आफैं फारम भरेको हुँ।
त्यसैले यो अवार्ड मेरो पहिलो तथा अन्तिम अवार्ड हो।

जुरी संयोजक आदरणीय चन्द्र शर्मा दाइ, सहयोगी मनहरू अशोक मण्डल भाइ, राजेन्द्र अधिकारी ज्यु, दीपा भान्जी, तिलक बोहोरा मित्र, लक्ष्मण खतिवडा भाइ, विष्णु किसान थापा दाइ, साथी विकास केसी, कमल जिसी भाइ, एलपी ढकाल भतिज तथा अज्ञात भोटर ज्युहरू र आयोजक समितिलाई हार्दिक धन्यवाद।”

सर्जक पुन हाल रोजगारीको सिलसिलामा अमेरिकामा भए पनि नेपाली गीत–सङ्गीतमा निरन्तर सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय