अग्रज संङ्गीतकार प्रकाश गुरुङ लाई बिन्ध्यबासिनि म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड

विगत १३ बर्ष देखि नेपालि संङ्गीत क्षेत्र र यो संग सम्बन्धित श्रस्ठा कलाकार हरूलाई सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि फाउन्डेसन ले बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रहेको सो कार्यक्रम मा अग्रज संङ्गीतकार प्रकाश गुरुङ लाई रु १ लाख धनरासी सहित बिन्दबासिनि लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९ समर्पण गर्ने कुरा फाउन्डेसन ले जानकारी गरायको छ । 

यस अघि यो सम्मान बाट भक्तराज आचार्य बि.सं २०६७ (गायक / सङ्गीतकार), माणिकरत्न स्थापित बि.सं. २०६८ ( संङ्गीतकार), किरण खरेल बि.सं. २०६९ ( गीतकार), अम्बर गुरुङ बि.सं. २०७० ( संङ्गीतकार), दिनेश अधिकारी बि.सं. २०७१ (गीतकार),प्रेमध्वज प्रधान ज्यू बि.सं. २०७२ (गायक / सङ्गीतकार) ,दीपक जंगम बि.सं. २०७३ ( संङ्गीतकार),रत्न शमशेर थापा ज्यू बि.सं. २०७४ (गीतकार) ,शक्ति बल्लभ बि.सं. २०७५ (संङ्गीतकार), कुमार बस्नेत बि.सं. २०७६ ( गायक), योगेश बैद्य बि.सं. २०७७ (गायक),बिश्व बल्लभ बि.सं.२०७८ (गीतकार) जस्ता अग्रज श्रस्ठाहरू सम्मानित हुनु भयको थियो । 

निजी क्षेत्रबाट नेपालि संगीत र श्रस्ठा को श्रीबृद्दी मा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पवित्र मनसाय ले यो सम्मान र अवार्ड को आयोजना गर्ने गरेको कुरा फाउन्डेसन की अध्यक्ष लिना शर्मा रेग्मीले बतायकी छन ।

प्रतिक्रिया