पशुपति,अमित बाबु र शान्ती श्रीको सिफनको सारी चर्चामा - भिडियो सहित

काठमाण्डौनेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीतहरू सार्वजनिक भइरहेका छन । यसै बीच पशुपति शर्मा,अमितबाबु रोकाय तथा शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत सिफनको सारी भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा सागर रोकायको शब्द तथा तिलक ओलीको लय सिर्जना रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । 

काजिश श्रेष्ठको निर्देशन रहेको सो गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतमा पशुपति शर्मा,सरोज राना प्रजा,विना राउत र चित्र पुनको अभिनय रहेको छ । गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन । 

 

प्रतिक्रिया