काठमाडौं - नायिका मिरुना र फुर्बाबीच मेलमिलाप विवाद समाधान गर्ने बारे सहमति भएको छ ।
आज कलाकार तथा युवाको रोहबरमा सहमति भएको हो ।
मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो। छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए।
त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर माफी दिएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।