निर्देशक कुमार केसीको नयाँ रुप,सुमधुर भजन लिएर आए दर्शक माझ

काठमाडौं - विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा कुशल निर्देशकको छवि बनाएका कुशल निर्देशक कुमार केसीको आवाजमा भजन सार्वजनिक भएको छ ।

उनको सो भजनमा उनले आफै आवाज दिएका छन् । सर्जक शिव अखेलीले शब्द सिर्जना गरेको सो गीतमा लय संकलन भने केसी आफैले गरेका हुन ।

उनको सांगीतिक क्षेत्रको यो पाटो पनि निकै दर्शकको रोजाइमा परेको छ । पछिल्लो समयको विषयलाई समेटेर तयार पारिएको सो भजनमा आवाजमा केसीलाई साथ निर्जला गुरुङले दिएकी छन् ।

गीत सार्वजनिक भएपछि हामी सँग कुरा गर्दै केसीले लोप हुन लागेको गाउँको टिपिकल भजन जोगाई राख्न आफूले यो गीत तयार पारेको बताउनु भयो ।

 

प्रतिक्रिया